बाढ़ पीड़ितहरूको निम्ति नाम्ची जिल्लामा ८ अस्थायी राहत शिविर स्थापित

IMG-20231006-WA0236.jpg

नाम्ची: टिस्टाको बाढ़बाट प्रभावितहरूलाई तत्काल राहत दिलाउन नाम्ची जिल्ला प्रशासनले आफ्नो जिल्लामा मोठ ८ वटा अस्थायी राहत शिविरहरू स्थापित गरेको छ। यसमा नाम्फिङको प्रणामी मन्दिर, आदर्शगाउँको देवी मन्दिर, मामरिङको भावना स्कूल, मल्ली माथिल्लो चालिसेको ह्याण्डमेड पेपर युनिट अफिस, मल्ली सीनियर सेकेण्डेरी स्कूल, बालुवाटारको एनएचपीसी प्राथमिक पाठशाला, लिङ्कुटारको एनएचपीसी प्राथमिक पाठशाला अनि मामलेको सरकारी जुनियर हाई स्कूल सामेल छन्।

नाम्ची जिल्ला प्रशासनिक केन्द्रद्वारा यी शिविरमा रहेका बाढ़पीड़ित मानिसहरूलाई बस्नेसँगै सबै सहयोग पुऱ्याउने आश्वस्त गराइरहेको छ। राहत शिविरमा रहेका प्रभावित मानिसहरूलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन यी सबै शिविरमा एक एक स्वास्थ्य टोली राखिएको छ। यस अतिरिक्त सम्बन्धित विभागका अधिकारीहरूलाई कार्यमा समन्वय बनाइराख्न खटाइएको छ।

About Author

Advertisement