बाढ़को खतरामा डुवर्सको भोटाङ सीमान्त गाउँहरू

e346da60-9c9d-4485-a21c-7c472522e84b

कालचिनीः रातभरीको हात्तीसुँड़े पानीले भोटाङबाट बगेर आउने डुवर्सको पाना, बासरा, डिमा, तोर्सा मदारीहाटको बाङरी तिती, पगली ढेकलापाड़ा र बन्दापानी नदीहरूमा उफान उठेपछि गाउँले मानिसहरू टापुमा कैद बनेर बस्न बाध्य बनेका छन्।
कालचिनी खण्डको हाँसीमारामा भोला नालाको पानी प्लावित भएर हाँसीमाराको प्रत्येक घरहरूमा पस्न थालेको छ भने यता जयगाउँ र दलसिंहपाड़ा माझ रहेको बिहीबारे पुल बीचमै भाँचेर जयगाउँ कालचिनी, हाँसीमाराबीच यातायात ठप्प बनेको छ।
यता सबैभन्दा भयावह स्थिति मेचपाड़ा चियाबारीको रहेको छ।


भोटाङबाट बगेर आउने पाना नदीले चुवापाड़ास्थित पुरानो एयरफील्डमा रहेको सुरक्षा बाँध नै गत बर्ष भत्काएपछि आफ्नो बाटो फेरेर मेचपाड़ा गाउँतर्फ बग्नाले मेचपाड़ाको पक्का लाईन र ९ नम्बर लाईनमाझ रहेको झोड़ाले भयावह रुप लिएको छ। खोलाले उग्र रुप लिएको गाउँबीच हिँड़ने बाटो नै खोला बनेकोले मानिसहरूको घरभित्र पानी पस्न थालेकोले आतङ्क मच्चिएको छ। उता मदारीहाट बीरपाड़ा खण्डको हन्टुपाड़ा, टोटोपाड़ा, दुम्सीपाड़ा, गरगन्डा चियाबारीमा पनि बाङरी सुकटी र पगली खोलाले मानिसहरूको केही घरहरू बगाएको र गाउँलेहरू सम्पर्क विहिन बनेको बताईएको छ।

About Author

Advertisement