बराह क्षेत्रमा जुवाड़े पक्राउ

IMG-20241103-WA0172

इनरुवा: सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहमा जुवा खेलिरहेका १५ जना पक्राउ परेका छन्। आइतबार बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ।
प्रहरीले जुवाडेको साथबाट नौ लाख ६८ हजार रूपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यलय पकलीबाट खटिएको प्रहरी अधिकृतको टोलीले जुवाडेलाई पक्राउ गरेको हो।

About Author

Advertisement