म्यानचेष्टर: चोटसँग जुझिरहेका नियमित कप्तान जोस बटलरको अनुपस्थितिमा ईंग्ल्याण्डका ओपनिंग ब्याटर फिल सल्टले अष्ट्रेलियाविरुद्ध आउँदो टी२० सीरीजमा टीमको अगुवाई गर्नेछन्। ईंग्ल्याण्ड क्रिकेट बोर्ड (ईसीबी)- द्वारा जारी बयानमा भनिएको छ, ईंग्ल्याण्डको सेतो बलको कप्तान जोस बटलर चोटले गर्दा अष्ट्रेलियाविरुद्ध आउँदो टी२० सीरीजबाट बाहिर भएका छन्। यस चोटले गर्दा उनी यस महिनाको अन्तमा हुने मेट्रो ब्यांक वनडे सीरीजमा पनि अनिश्चित बन्न पुगेका छन्। बटलरको अनुपस्थितिमा फिल सल्टले टी२० टीमको कप्तानी गर्नेछन्। यस २८ वर्षीय ब्याटरले ३१ वटा टी२० म्याचमा १६५.११-को स्ट्राईक रेटले ८८५ रन बनाएका छन्। बटलर दाहिने पासुलाको चोटले गर्दा उनी पाँचवटा वनडे म्याचको सीरीजमा पनि अनिश्चित बन्न पुगेका छन्। अलराउण्डर जेमी ओवरटनलाई बटलरको स्थानमा टी२० टीममा सामेल गरिएको छ। यसबाहेक ब्याटर जोर्डन कक्सलाई कवरको रूपमा टी२० टीममा सामेल गरिएको छ। ईंग्ल्याण्ड र अष्ट्रेलियाबीच तीनवटा म्याचको टी२० सीरीज आउँदो हप्ता ११ सेप्टेम्बरदेखि शुरु हुनेछ। यसरी पाँचवटा वनडे म्याचको सीरीज १९ सेप्टेम्बरदेखि शुरु हुनेछ।
ईग्ल्याण्डको टी२० टीम यसप्रकार छः
फिल सल्ट (कप्तान), जोफ्रा आर्चर, आदिल राशिद, रीस टोप्ली, जन टर्नर, जेकब बेथेल, ब्रायडन कार्स, जोर्डन कक्स, सेम कुरेन, जोश हल, विल ज्याक्स, लियम लिविंगस्टोन, साकिब महमूद, डेनी मूसली र जेमी ओवरटन










