कोहली ट्याक्स भुक्तानको मामिलामा पनि अव्वल

IMG-20240905-WA0299

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका पूर्व कप्तान विराट कोहली वित्तीय वर्ष २०२३-२४-मा देशमा सर्वाधिक आयकर (ट्याक्स) भुक्तान गर्ने खेलाड़ी रहे। फर्च्यून इण्डियाद्वारा जारी एउटा रिपोर्टमा यस्तै दावी गरिएको छ। रिपोर्ट अनुसार, भारतका शीर्ष खेल आइकनहरूमा एक कोहलीले वित्त वर्ष २०२३-२४-मा ६६ करोड़ रुपियाँको ट्याक्स तिरे। यो राशि आईपीएल-को सबैभन्दा महँगो खेलाड़ी अष्ट्रेलियाका मिचेल स्टार्क (२४.७५ करोड़ रुपियाँ)-को बिक्री मूल्यभन्दा लगभग ३ गुणा अधिक हो। समग्रमा सेलिब्रिटीहरूको कुरा गर्दा कोहलीभन्दा माथि केवल शाहरुख खान (९२ करोड़), विजय (८० करोड़), सलमान खान (७५ करोड़) र अमिताभ बच्चन (७१ करोड़) रहेका छन्। यी चारैजना अभिनेता हुन्। कोहली भारतका सर्वाधिक आयकर तिर्ने सेलिब्रिटीहरूका सूचीमा अन्य खेलाड़ीहरूभन्दा धेरै अघि रहेका छन्। सूचीमा कोहलीपछि दोस्रो स्थानमा रहने पूर्व कप्तान एमएस धोनी हुन्। दुईपल्टका वर्ल्ड कप विजेता कप्तान धोनीले गत वित्त वर्षमा ३८ करोड़ रुपियाँको आयकर भुक्तान गरेका थिए। उनी सूचीमा सातौं स्थानमा रहेका छन्। कोहली र धोनीपछि महान क्रिकेटर सचिन तेन्दुलकर एकमात्र अन्य भारतीय खेलाड़ी हुन् जो सर्वाधिक आयकर भुक्तान गर्ने व्यक्तित्वहरूका सूचीको शीर्ष दशमा सामेल छन्। सचिनले वित्त वर्ष २०२३-२४-मा २८ करोड़ रुपियाँको आयकर भुक्तान गरेका थिए। पूर्व भारतीय कप्तान तथा बीसीसीआई अध्यक्ष सौरभ गांगुली (२३ करोड़ रुपियाँ) यस सूचीमा बाह्रौं स्थानमा रहेका छन्। यस सूचीमा भारतीय क्रिकेट टीमका स्टार अलराउण्डर हार्दिक पाण्ड्या र विकेटकीपर ब्याटर रिषभ पन्त पनि रहेका छन्। हार्दिकले १३ करोड़ रुपियाँ अनि पन्तले १० करोड़ रुपियाँको भुक्तान गरेका थिए। कार दुर्घटनाले गर्दा लामो ब्रेकपछि सीमित ओभरहरूका प्रारूपमा फर्किने अनि सफलता हासिल गर्ने पन्त अहिले टेस्ट क्रिकेटको निम्ति आफूलाई तयार गरिरहेका छन्।

About Author

Advertisement