बङ्गलादेशको कन्टेनर डिपोमा भीषण आगलागी, ४९ जनाको मृत्यु

Bangladesh-Fire

बङ्गलादेश : बङ्गलादेशको एउटा सिपिङ कन्टेनर डिपोमा आगलागी हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। तीन सयभन्दा बढी व्यक्ति गम्भीर घाइते भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। सिताकुण्ड डिपोमा शनिबार साँझ आगलागी भएको थियो, जसमा करिब ४,००० कन्टेनरहरू छन्, जसमध्ये धेरैमा पश्चिमी खुद्रा विक्रेताहरूका लागि छुट्याइएको कपडाले भरिएका छन्। यो सुविधा चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर (२५ माइल) टाढा छ।

आगलागीपछि केमिकल भएका कन्टेनरमा विस्फोट भएको थियो। विष्फोटका कारण किलोमिटर टाढा रहेका भवनहरु चकनाचुर भएका छन्। प्रधानमन्त्री शेख हसिनाले घटनाप्रति दुःख व्यक्त गरेकी छन्। घटनाको छानबिन गर्न अधिकारीहरुले उच्चस्तरीय छानबिन समिति गठन गरी आउँदो तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। शनिबार राति करिब ९ बजे कन्टेनर डिपोमा आगलागी भएको सिएमसीएच पुलिस थानाका पुलिस उपनिरीक्षक नुरुल आलमले बताए। विष्फोट भएपछि आगो अझै फैलिएपछि दमकलले निभाउने प्रयास गरेको थियो। कन्टेनर डिपोमा रहेको केमिकलका कारण आगलागी भएको हुनसक्ने नुरुलले बताए। राति १२ बजेर ४५ मिनेटमा ठूलो विष्फोट भएको थियो र एउटा कन्टेनरमा केमिकलका कारण आगो एक कन्टेनरबाट अर्को कन्टेनरमा फैलिएको थियो। विस्फोटका कारण घटनास्थल नजिकैका घरका झ्यालका सिसा फुटेका छन्। आगलागी नियन्त्रणका लागि करिब २९ दमकल र ५० वटा एम्बुलेन्स घटनास्थलमा तयार छन्।

About Author

Advertisement