बंग्लादेश र न्यूजील्याण्ड विरुद्ध घरेलु टेस्ट सीरीजको शेड्यूल घोषणा

IMG-20240620-WA0271.jpg

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमले टी२० वर्ल्ड कपपछि टेस्ट सत्रको निम्ति तयारी शुरु गर्नेछ । टी२० वर्ल्ड कपपछि भारतीय टीम पाँचवटा टी२० म्याचको सीरीज खेल्न जिम्बाब्वे जानेछ। बीसीसीआईले टेस्ट सत्रको निम्ति सीनियर खेलाड़ीहरूलाई विश्राम दिएर जिम्बाब्वे यात्रामा युवा खेलाड़ीहरूलाई मौका दिने सम्भावना छ। आउँदो वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) – मा भारतले सेप्टेम्बरमा बंग्लादेश विरुद्ध 2 वटा टेस्ट अनि न्यूजील्याण्ड विरुद्ध 3 वटा टेस्ट म्याचको सीरीज खेल्नेछ। बंग्लादेश विरुद्ध पहिलो टेस्ट १९ सेप्टेम्बरदेखि चेन्नईमा शुरु हुनेछ। यसरी दोस्रो टेस्ट म्याच २७ सेप्टेम्बरदेखि कानपुरमा खेलिनेछ। टेस्ट सीरीज समाप्त भएपछि दुई देशबीच तीनवटा टी२० इण्टरनेशनल म्याचको सीरीज खेलिनेछ। यी तीनवटा टी२०आई म्याच ६, ९ र १२ अक्टोबरमा क्रमशः धर्मशाला, दिल्ली र हैदराबादमा खेलिनेछ। त्यसपछि न्यूजील्याण्डको टीम भारत आएर तीनवटा टेस्ट म्याचको सीरीज खेल्नछ। पहिलो टेस्ट म्याच १६ अक्टोबरदेखि बेंगलुरुमा खेलिनेछ। त्यसपछि दोस्रो टेस्ट म्याच २४ अक्टोबरदेखि पुणे र तेस्रो टेस्ट म्याच १ नोभेम्बरदेखि मुम्बईमा खेलिनेछ। घरेलु मैदानमा दुईवटा टेस्ट सीरीज खेलेपछि भारत ५ वटा टेस्ट म्याचको सीरीज (बोर्डर-गावस्कर ट्रफी) खेल्न अष्ट्रेलिया यात्रामा जानेछ, जुन आउँदो सालको शुरुवातसम्म चल्नेछ।

About Author

Advertisement