सिलगढी: एनजेपी हत्याकाण्डका आरोपीले जलपाईगुडी अदालतमा आत्मसमर्पण गरेका छन्। कालीपद रायको गत शुक्रबार राति सिलगढीको एनजेपीस्थित आईओसी रोडमा हत्या भएको थियो। आईओसी रोड हत्या प्रकरणमा मुख्य अभियुक्त आनन्द राय, उत्सव राय र टुकाई रायले बिहीबार जलपाईगुडी अदालतमा आत्मसमर्पण गरेका छन्।









