बंगालका छः जिल्लामा भारी वर्षाको अलर्ट, चक्रवात हामुनको प्रभाव

IMG-20230410-WA0169-11-300x172-5

कोलकाता: बंगालको खाड़ीमा बनिएको निम्न चापको कारणले उठेको चक्रवात हामुनको प्रभावबाट राज्यका छःवटा जिल्लाहरूमा भारी वर्षाको अलर्ट जारी गरिएको छ। मौसम विभागद्वारा मंगलवार जानकारी गराइए अनुसार गहिरो चाप चक्रवात ‘हामुन’ –को रूपमा तीव्र भएको छ जुन पश्चिम बंगालको खाड़ीमाथि १८ किलोमीटर प्रतिघण्टाको वेगले उत्तर-उत्तरपूर्व तर्फ बढ़िरहेको छ। यो दीघादेखि मात्र २७० किलोमीटर दक्षिण-दक्षिण पूर्वमा स्थित छ। चक्रवात ओडिशाको पाराद्वीपदेखि २१० किलोमीटर पूर्व-दक्षिणपूर्व औ बंगलादेशको खेपपुरादेखि ३५० किलोमीटर दक्षिण-दक्षिणपश्चिमा स्थित छ।

मौसम विशेषज्ञहरू अनुसार यसको प्रभावले पश्चिम बंगालका छःवटा जिल्लाहरू क्रमैले उत्तर २४ परगना, दक्षिण २४ परगना र पूर्वी मेदिनीपुर, कोलकाता, हावड़ा अनि हुगलीका केही क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना छ। पश्चिम बंगाल तटमा ४० देखि ६० किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ। मंगलवार बिहानदेखि बुधवार साँझसम्म उत्तर २४ परगना, दक्षिण २४ परगना, पूर्वी मेदिनीपुर जिल्लाका केही क्षेत्रहरूमा तीव्र हावासितै वर्षा हुनसक्छ। मछुआराहरूलाई समुद्रमा जानदेखि रोक लगाइएको छ।

About Author

Advertisement