नवमीको राति बंगालमा पऱ्यो पानी, छाता लिएर घुम्न निक्लिए मानिसहरू

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः महानगर कोलकातासहित राज्यका अन्य ठाउॅंहरूमा दुर्गा पूजा घुम्ने अन्तिम दिन चलिरहेको छ। सोमवार राति नवमी थियो। लगभग २० दिनको अन्तरालपछि नवमी राति कोलकातासहित राज्यका अन्य ठाउॅंहरूमा पानी पऱ्यो।

मौसम विभागले जारी बयानमा कोलकातामा 6 मिमी वर्षा रेकर्ड गरिएको बताएको छ। यस कारण दुर्गा पूजा घुम्नेहरूको उत्साहमा हल्का कमी देखियो, तर मानिसहरू छाता लिएर पनि घरबाट निक्लिएका थिए।

सोमवार नवमीको दिन दिउॅंसोदेखि हल्का पानी परिरहेको थियो भने राति अझ धेरै पर्न थाल्यो। मंगलवार पनि पानी परिरहने छ किनकि, बंगाको खाडीमा निम्न दबाउ बनेको छ। लगातार वर्षाका कारण तापक्रममा पनि हल्का ह्रास दर्ता गरिएको छ।

-हिस

About Author

Advertisement