सिलगढी: अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप २६ देखि ३० दिसम्बरसम्म बंगलादेशको ढाका बीकेएसपीमा खेलिनेछ। जसमा रंगपानी वानिक जोत कराँते तालिम प्रतिष्ठानका ९ जना विद्यार्थी यस प्रतियोगितामा भारतबाट खेल्ने छन्। अहिले तिनको अग्रिम तालिम चलिरहेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेहश्री सिंह, हेना रोय, बसन्ती बर्मन, आसुस डे, शौनक रोय, देवजित पाल, देवजित रोय, सप्तर्षि बर्मन, अजय रोय सहभागी भएका छन्। त्यसैगरी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भारत, बंगलादेश, नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, मलेसियाको सहभागिता रहेको छ।









