राङपो: राङपो प्राथमिक स्वास्थ्य केन्द्रकी वरिष्ठ सहायक नर्स मिडवाइफ मदु माला गुरुङलाई प्रतिष्ठित फ्लोरेन्स नाइटिङ्गेल राष्ट्रिय पुरस्कार २०२६ बाट सम्मानित गरिएकोमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोलय) ले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
उक्त पुरस्कार भारतकी माननीय राष्ट्रपति द्रौपदी मुर्मु द्वारा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रदान गरिएको हो। स्वास्थ्य सेवामा उनको उत्कृष्ट योगदान तथा समाजप्रति समर्पित सेवाको उच्च मूल्याङ्कन गर्दै उनलाई यो सम्मान प्रदान गरिएको बताइएको छ।
मुख्यमन्त्री तामाङले मदु माला गुरुङको उपलब्धिमा गर्व व्यक्त गर्दै उनको स्वास्थ्य सेवामा रहेको समर्पण र योगदानलाई अत्यन्त प्रेरणादायी भएको उल्लेख गरेका छन्। उनले भविष्यमा पनि यसैगरी निरन्तर सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।











