फीफा वर्ल्ड कपः ग्रुप बी-को शीर्षमा रहेर नक्आउट राउण्डमा पुग्यो ईंग्ल्याण्ड

IMG_20221130_105605.jpg

३० नोभेम्बरः फीफा वर्ल्ड कपमा ईंग्ल्याण्डले ग्रुप चरणको आफ्नो अन्तिम म्याचमा वेल्सलाई ३-०-ले पराजित गऱ्यो। मंगलवार अबेर राति खेलिएको यस म्याचमा जीतको साथै ईंग्ल्याण्ड ग्रुप बी-बाट ७ पोइण्टको साथ शीर्ष स्थानमा रहेर अन्तिम १६-मा पुग्यो। वर्ल्ड कपमा ईंग्ल्याण्डको आफ्नो छिमेकी देशसँग यो पहिलो म्याच थियो अनि उनीहरूले असाधारण प्रदर्शन गर्दै जीत हासिल गरे। अहमद बिन अली स्टेडियममा ६५ प्रतिशत पोजेशनको साथ खेल्दै ईंग्ल्याण्डले ग्यारेथ बेलको टीम वेल्सलाई शुरुदेखि नै समस्यामा पाऱ्यो। पहिलो हाफमा दुवै टीमले प्रयास गरे पनि गोल हुन सकेन। दोस्रो हाफको खेलमा चाहिँ ईंग्ल्याण्डले वेल्सको डिफेन्सलाई भताभुंगै पाऱ्यो। मार्कस रासफोर्डले ५०औं मिनटमा लामो दूरीबाट दर्शनीय गोल गरी ईंग्ल्याण्डलाई बढ़त दिलाए। त्यसको लगत्तै एक मिनटपछि युवा फिल फोडेनले बढ़तलाई दोब्बर पारे। म्याचमा दुई गोलको बढ़त हासिल गरेपछि ईंग्ल्याण्डले सेफ खेल्नुको सट्टा आक्रमण जारी राख्यो अनि टीमलाई यस रणनीतिले फाइदा पनि भयो। रासफोर्डले ६८औं मिनटमा फेरि एकपल्ट वेल्सका गोलकीपरलाई परास्त गरी ईंग्ल्याण्डलाई जीत दिलाए। ग्रुप चरणमा ३ वटा म्याचमा केवल १ पोइण्टको साथ फेदमा रहेर वेल्सले वर्ल्ड कपबाट बिदा लियो।

About Author

Advertisement