फीफा वर्ल्ड कपः ईरानलाई पराजित गरी अमेरिका नक्आउट राउण्डमा

IMG-20221130-WA0089.jpg

३० नोभेम्बरः अमेरिकाले आफ्नो अन्तिम ग्रुप म्याचमा ईरानलाई १-०-ले पराजित गरी फीफा वर्ल्ड कपको नक्आउट राउण्डमा स्थान बनायो। अल थुमामा स्टेडियममा मंगलवार अबेर राति खेलिएको ग्रुप बी-को यस म्याचमा जीतको साथै अमेरिका ५ पोइण्टको साथ ईंग्ल्याण्डपछि दोस्रो स्थानमा रहेर अन्तिम १६-मा पुग्यो। ग्रुप राउण्डमै बाहिर हुनदेखि बाँच्न अमेरिकालाई यस म्याचमा जीतको आवश्यकता थियो अनि टीमले शुरुदेखि नै आक्रामक फूटबल खेल्यो। अमेरिकालाई म्याचको एकमात्र गोल क्रिस्टियन पुलिसिचले दिलाए। यस दिग्गज खेलाड़ीले म्याचको ३८औं मिनटमा गोल गरे। पहिलो हाफको अन्तिम मिनटमा स्ट्राईकर टिमोथी वेहले अणेरिकालाई अझ एउटा गोल दिलाएका थिए तर त्यस गोललाई अफ् साइड घोषित गरियो। पूरा म्याचमा ईरानले केवल एकपल्ट शट्लाई टारगेटमा राख्न सक्यो। ग्रुप बी-मा ईरान ३ पोइण्टको साथ तेस्रो स्थानमा रह्यो।

About Author

Advertisement