रियो डी जेनेरियो: फिफा वर्ल्ड कप २०२६ शुरु हुन अघि ब्राजीललाई ठूलो धक्का लागेको छ। टीमका स्टार खेलाड़ी नेमार फेरि चोटग्रस्ट भएका छन्। नेमारलाई हालै वर्ल्ड कपको टीममा चयन गरिएको थियो। ३४ वर्षीय नेमारले आफ्नो क्लब सेण्टोसको निम्ति बुधवार सेन लोरेञ्जोविरुद्ध घरेलु कोपा सुदामेरिकानना कपको म्याच खेल्न सकेनन्। उनको खुट्टाको छेपारीमा चोट लागेको छ। ब्राजीलको क्लबले चाहिँ यस चोटलाई त्यति गम्भीर नरहेको दावी गरेको छ। सेण्टोस क्लबका डाक्टर रोड्रिगो जोगेबले बताएअनुसार, नेमार २७ मईमा ब्राजीलको पहिलो प्री-वर्ल्ड कप ट्रेनिंग सेशनसम्म तयार हुनेछन्। जोगेबले भनेका छन्, नेमारले नेशनल टीममा फिट या लगभग पूरा फिट भएको स्थितिमा मात्र टीममा रिपोर्ट गर्नेछन्। उनले आउँदो मंगलवार डेपोर्टिवो कुएनकाविरुद्ध म्याचमा खेल्ने प्रबल सम्भावना छ। उल्लेखनीय छ, ब्राजीलको निम्ति १२८ वटा म्याचममा सर्वाधिक ७९ गोल गर्ने नेमारले राष्ट्रिय टीमको निम्ति अन्तिमपल्ट अक्टोबर २०२३-मा खेलेका थिए। उरुग्वेविरुद्ध फिफा वर्ल्ड कपको क्वालीफायर म्याचमा खेल्दा उनको एण्टीरियर क्रूसिएट लिगामेण्टमा चोट लागेको थिय। बार्सिलोना र पेरिस सेण्ट जर्मेनका पूर्व स्टार स्ट्राईकर त्यस समयदेखि नै चोटसँग जुझिरहेका छन्। गत वर्ष आफ्नो वाल्यकालको क्लब सेण्टोसमा फर्किएपछि नेमारले ३८ वटा म्याच खेलेर १७ गोल गरेका छन्। अहिले उनी आफ्नो चौथो फिफा वर्ल्ड खेल्ने तयारी गरिरहेका छन्। यसअघि उनले २०१४, २०१८ र २०२२-को संस्करणमा खेलेका थिए। उनी केस्टिलो, जल्मा सेण्टोस, निल्टन सेण्टोस, पेले, एमर्सन लीओ, काफू, रोनाल्डो र थियागो सिल्वापछि सर्वाधिकपल्ट वर्ल्ड कपमा खेल्ने ब्राजीलका खेलाड़ी बन्नेछन्। नेमारसँग पेलेपछि ४ वटा अलग-अलग वर्ल्ड कपमा ब्राजीलको नम्बर १० जर्सी लगाउने दोस्रो खेलाड़ी बन्ने मौका रहेको छ। नेमारले वर्ल्ड कपमा १३ वटा म्याच खेलेर ८ गोल गर्नको साथै ३ वटा एसिस्ट गरेका छन्। ब्राजीलको फिफा वर्ल्ड कपको ग्रुप सी- मा पहिलो म्याच १३ जूनमा मोरक्कोविरुद्ध रहेको छ। त्यसपछि हैती र स्कटल्याण्डविरुद्ध म्याच रहेको छ।










