फिफा वर्ल्ड कपमा २ महिलसहित ५२ जना रेफरी

IMG-20260523-WA0050

नयाँ दिल्ली: फूटबल खेलको महाकुम्भ फिफा वर्ल्ड कप शुरु हुन अब केही समय बाँकी रहेको छ। यसपाली वर्ल्ड कपमा दुई महिलासहित ५२ रेफरीले खेल सञ्चालन गर्नेछन्। विश्व फूटबलको सर्वाेच्च निकाय फिफाले घोषणा गरेको रेफरी सूचीमा २ जना महिला रेफरीलाई पनि सामेल गरिएको छ। वर्ल्ड कप आगामी १२ जूनदेखि अमेरिका, मेक्सिको र क्यानाडामा हुनेछ। तीनजना महिला सहायक रेफरी र एक जना भिडियो म्याच अफिसियल पनि चयन भएका छन्। ४ वर्षअघि कतरमा भएको वर्ल्ड कपमा तीन महिला रेफरी र तीन महिला सहायक रेफरी थिए। यसमा पेन्सोले २०२३ को महिला वर्ल्ड कप फाइनल खेलमा रेफरीको भूमिका निर्वाह गरेकी थिइन्। फिफाले नियुक्ति दीर्घकालीन गुणस्तर पहिलो सिद्धान्त अनुसार गरिएको जनाएको छ। फिफाले बताएअनुसार, जम्मा १७० जना म्याच अफिसियलहरू जसमा ५२ रेफरी, ८८ सहायक रेफरी र ३० भिडियो म्याच अफिसियल टुर्नामेण्टमा सहभागी हुनेछन्। यो संख्या २०२२ को फिफा वर्ल्ड कपमा १३९ थियो। २०२६ को वर्ल्ड कप ४८ वटा टीम र १०४ वटा म्याचसहित अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ।

About Author

Advertisement