प्रेस क्लब अफ् सिक्किम र जर्नलिष्ट युनियन अफ् सिक्किमले जनायो सिङताम घटनाको विरोध

IMG-20230410-WA0005.jpg

गान्तोक: प्रेस क्लब अफ् सिक्किम अनि जर्नलिष्ट युनियन अफ् सिक्किमले हिजो सिङताममा भएको हिंसात्मक घटनाको घोर निन्दा एवं भर्त्सना जनाएको छ। प्रेस क्लब अफ् सिक्किमको पक्षबाट अध्यक्ष अनि महासचिवद्वारा अनि जर्नलिष्ट युनियनका अध्यक्षद्वारा जारी प्रेस विज्ञप्तिमा हिजोको घटनामा केही व्यक्तिहरूमाथि घातक आक्रमण हुनु निन्दनीय रहेको बताएको छ। यस घटनाका दोषीहरूविरुद्ध प्रशासनले कार्वाही गर्नुपर्ने अनि पीड़ित पक्षलाई न्याय दिनुपर्ने माग गरिएको छ।

जारी प्रेस विज्ञप्तिमा जोइण्ट एक्सन काउन्सिलका महासचिव केशव सापकोटालाई धेरै चोट लागेको उल्लेख गर्दै उनीमाथि एउटा अज्ञात समूह नै खनिएर आक्रमण गर्दाको स्थितिलाई रिपोर्टिङ गर्नुपर्दा सिक्किमको सम्पूर्ण पत्रकारिता जगत स्तब्ध बन्ने स्थिति सिर्जना भएकोमा दुवै क्लबले घटनाको निन्दा जनाएको छ। घटनाको दृश्यलाई छायाङ्कन गरिरहेका केही पत्रकारहरूलाई हमलावर समूहका सदस्यहरूले क्यामरा बन्द गर, नखिच भन्ने धम्की दिएको विषय उठिरहेको उल्लेख गर्दै यो स्वतन्त्र पत्रकारिताको लागि दूर्भाग्यपूर्ण विषय हो भन्ने विज्ञप्तिमा जनाएको छ। जानकारी गराइन्छ, सिङताममा भएको हिंसात्मक घटनामा जोइण्ट एक्सन कमिटीका महासचिव केशव सापकोटा अनि एसकेएम चालक मोर्चाका सदस्य अजय तामाङ घाइते भएका छन्। दुवै घाइतेहरू हाल यहाँको मणिपाल अस्पतालमा उपचाराधीन छन्।

प्रेस क्लब अफ् सिक्किम अनि जर्नलिष्ट युनियन अफ् सिक्किमले यस्ता हिंसात्मक घटनामाथि रोक लगाउन र घटनामा संलग्न असामाजिक तत्वहरूमाथि कठोर कानुनी कार्वाहीको माग गरेको छ।

About Author

Advertisement