भेटिकन सिटीका राजदूत आर्कविशप लियोपोल्डो गेरिल्लीले गरे पाकिमको भ्रमण

IMG-20230409-WA0265.jpg

पाकिम: सिक्किमको भ्रमणमा रहेका भारत अनि नेपालको निम्ति भेटिकन सिटीका राजदूत परमपूज्य आर्कविशप लियोपोल्डो गेरिल्लीले पाँचौं दिन आज पाकिम जिल्लाको भ्रमण गरे। पाकिमस्थित सेण्ट जेभियर स्कूलमा स्कूलका प्रधानाध्यापक फादर फ्रान्सिस ब्यानर्जी, उत्तर-पूर्व सिक्किम डिनरी क्याथोलिक चर्चका पुजारी, विश्वासी, धार्मिक बहिनीहरू र चर्च मण्डलीका सदस्यहरूले उनलाई भव्य स्वागत जनाए। यस कार्यक्रममा विधायकगण एम प्रसाद शर्मा, जीटी ढुंगेल, वाई टी लेप्चा, शहरी विकास विभागीय सचिव एमटी शेर्पा, पाकिमका जिल्लापाल टाशी छोपेल, अतिरिक्त जिल्लापाल सुश्री अनुपा तामलिङ, रेभरेन विशप स्टेफन लेप्चा, रेभरेन फादर स्टेशन फर्नाण्डेज लगायत अन्यको उपस्थिति रहेको थियो। यहाँको कार्यक्रमपछि उनी पाँचदिने सिक्किम भ्रमण कार्यक्रम समाप्त गरेर बाघडुग्रातर्फ प्रस्थान भए।

About Author

Advertisement