प्रेसीडेन्सी जेलका डाक्टरलाई सीबीआईले सोधपुछको निम्ति बोलायो

Screenshot_20230625_000722_Chrome.jpg

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेको तृणमूल कांग्रेसका निष्कासित नेता कुन्तल घोषको चिट्टी मामिलामा जाँच गरिरहेको केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले अब प्रेसीडेन्सी सेन्ट्रल जेलका डाक्टरलाई सोधपुछको निम्ति नोटिस पठाएको छ। उनलाई आगामी सोमवार कोलकाताको निजाम पेलेस स्थित केन्द्रिय एजेन्सीको अफिसमा बोलाइएको छ। सूत्रहरू अनुसार, कुन्तलको चिकित्सा र अस्पतालमा अतिरिक्त सुविधा दिइनुबारे उनीसित सोधपुछ गरिनेछ। यसअघि प्रेसीडेन्सी जेलका अधीक्षकसित सीबीआईका अधिकारीले सोधपुछ गरिसकेका छन्।

About Author

Advertisement