प्रमुख खेलाड़ी ओवरटन चोटग्रस्त भएर स्वदेश फर्किँदा सीएसके-लाई झट्का

IMG-20260514-WA0064

चेन्नई: आईपीएल २०२६-मा चेन्नई सुपर किंग्स (सीएसके)-को अभियान उतार-चड़ाउले भरिएको रहेको छ। शुरुवाती ३ वटा म्याच हारेपछि असाधारण पुनरागमन गरे पनि टीमलाई खेलाड़ीहरूका चोटले लगातार झट्का दिएको छ। यसपाली टीमका महत्त्वपूर्ण अलराउण्डर जेमी ओवरटन चोटले गर्दा स्वदेश फर्किएका छन्। फ्रेञ्चाइजीले सोशल मीडियामा ओवरटन दाहिने फिलाको चोटसँग जुझिरहेको अनि उपचारको निम्ति ईंग्ल्याण्ड फर्किने जानकारी दिएको छ। टीमले ओवरटन टुर्नामेण्टबाट बाहिर भएको चाहिँ दावी गरेको छैन। पेस बलरको साथमा तल्लो क्रममा ब्याटिंग गर्न सक्षम ओवरटनले सीएसके-को निम्ति यस सीजनमा असाधारण प्रदर्शन गरेका थिए। लखनऊ सुपर जाइण्ट्सविरुद्ध गत म्याचमा पनि उनले ३ विकेट लिएर म्याचको रंग बदलिएका थिए। ओवरटनले यस सीजनमा १० वटा म्याच खेलेर १७.७८-को औसत र ८.८९-को इकोनमी रेटले १४ विकेट लिएका छन्। यसको साथमा उनले १५८.१३-को स्ट्राईक रेटले १३६ रन पनि बनाएका छन्। यसरी उनी ब्याट र बल दुवैको साथ टीमको निम्ति उपयोगी साबित भएका छन्। अब ओवरटनको अनुपस्थितिमा टीम आफ्नो संयोजन बदलिन वाध्य हुनेछ अनि अष्ट्रेलियाई पेस बलर स्पेन्सर जनसनले मौका पाउन सक्छन्। सीएसके अहिले ११ वटा म्याचमा १२ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको पाँचौं स्थानमा रहेको छ।

About Author

Advertisement