गान्तोक : प्रधानमन्त्री नरेन्द्र मोदीको आउंदो सिक्किम भ्रमणको तयारीलाई लक्षित गर्दै भारतीय जनता पार्टी (भाजपा) सिक्किमको समन्वय बैठक हाल जारी रह्यो।
उक्त बैठक राज्य प्रभारी डाक्टर दिलीप जैसवाल तथा राज्य अध्यक्ष डीआर थापा को विशेष उपस्थितिमा आयोजना गरियो।
बैठकमा पार्टीका वरिष्ठ नेताहरूका साथै राज्य, जिल्ला र मण्डल तहका पदाधिकारीहरू सहभागी भई प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउन आवश्यक रणनीति तथा तयारीबारे विस्तृत छलफल भइरहेको छ।










