‎प्रधानमन्त्रीको अपिलपछि मुख्यमन्त्री पैदलै कार्यक्रममा सहभागी

FB_IMG_1778849862331

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले मितव्ययिता अपनाउन तथा जिम्मेवार शासन प्रणालीलाई प्रोत्साहन गर्न गरेको अपिलपछि मुख्यमन्त्री प्रेमसिंह तामाङ मिन्तोकगाङदेखि मानन केन्द्रसम्म पैदल हिँडेर सरकारी कार्यक्रममा सहभागी भएका छन्।
‎मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सरकारी स्रोत–साधनको प्रभावकारी उपयोग, इन्धन खपतमा संयमता तथा सरकारी अधिकारी र संस्थाहरूबीच स्वास्थ्य र दिगोपनको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आफूले उक्त कदम चालेको बताएका छन्।
‎उनले पैदल हिँड्दा स्रोत–साधनको बचत हुनुका साथै स्वस्थ, तन्दुरुस्त र खुसी सिक्किम निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
‎मुख्यमन्त्रीको यस कदमलाई मितव्ययी शासन, वातावरण संरक्षण तथा स्वस्थ जीवनशैलीप्रति सकारात्मक सन्देशका रूपमा हेरिएको छ।

About Author

Advertisement