प्रदर्शनी फुटबल खेलमा मुख्यमन्त्री एकादश जिटिए एकादशद्वारा पराजित

IMG-20241124-WA0213

गान्तोक: पाल्जोर स्टेडियममा चलिरहेको अल इन्डिया गभर्नर्स गोल्ड कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०२४ को ग्रान्ड फिनालेको अवसरमा एक फुटबल प्रदर्शनी म्याच सम्पन्न भयो। जसमा मुख्यमन्त्री एकादश सिक्किम र जीटीए एकादश दार्जीलिङमाझ खेल सम्पन्न भयो। मुख्यमन्त्रीले टिम क्याप्टेनको रूपमा मुख्यमन्त्री एकादश सिक्किमको नेतृत्व गरेका थिए। रोमाञ्चक भीडन्तका साथ सम्पन्न भएको यस मैत्रीपुर्ण प्रदर्शनी खेलमा ३ को विरूद्ध ४ गोल गरी जीटीए एकादश दार्जीलिङ विजयी बन्यो। खेलमा पहिलो गोल जीटीएका खेलाडी लाक्पा शेर्पाले गरे। तेश्रो गोल पनि शेर्पा नै गरे भने दोश्रो गोल उमेश थापाले गरेका थिए। यसैगरी चौथो गोल अजय थापाले गरे। सोही प्रकारले मुख्यमन्त्री एकादश सिक्किमको पक्षमा पहिलो गोल सुमन देवानले गरे भने दोश्रो र तेश्रो गोल कमल बागदासले गरेका थिए। मन्त्री सोनाम लामाले आफ्नो तर्फबाट पहिलो गोल गर्ने सिक्किमका खेलाडीलाई १५ हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेका थिए भने मुख्य अतिथि मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा कुमारी राईको बाहुलीद्वारा पहिलो गोल गर्ने खेलाडी सुमन देवानलाई उक्त नगद राशी प्रदान गरियो।

About Author

Advertisement