नक्कली नोट र हेरोइनसितै दुई तस्कर पक्राउ

IMG-20241104-WA0112

गुवाहाटी: गुवाहाटीको गोरचुक इलाकाबाट पुलिसले जाली नोटसितै एकजना आरोपीलाई पक्राउ गरेको छ भने पान बजार पुलिसले ड्रग्स तस्करीको मामिलामा एकजना तस्करलाई पक्राउ गरेको छ।
पुलिसले बताए अनुसार गोरचुक थानाको इन्टर स्टेट बस टर्मिनस (आईएसबीटी) पुलिस आउटपोस्टको टीमले डेभिड राय (२६, सिक्किम)-लाई नक्कली पाँच सय रुपियाँको नोटसितै पक्राउ गऱ्यो। पक्रा पर्ने आरोपीबाट मोठ २ लाख ८ हजार जाली नोट तथा एउटा मोबाइल फोन पनि जफ्त गऱ्यो।अर्कोतिर पान बजार पुलिसले अनवर अली (२१ बिलासीपारा)- लाई ८ वटा प्लास्टिकको स-साना शिशीहरूमा भरेर राखिएको १०.४८ ग्राम हेरोइन, तीनवटा सिरिञ्ज, एक मोबाइल फोन तथा नगद १११० रुपियाँसितै पक्राउ गऱ्यो। अनवर हुसैनलाई पुलिसले पान बजार इलाकास्थित रेलवे गेट नजिकबाट पक्राउ गरेको हो।

About Author

Advertisement