प्रतिबन्धित कफ सिरप एवम् ट्याबलेट उद्धार

22-01-16-a9b908a5-e4f0-49e6-9f28-1d81d55e5b7c.jpg

सिलगढी: सालुगढास्थित विकास नगर इलाकाको एउटा घरमा भक्तिनगर थाना पुलिसले अभियान चलाएर धेरै मात्रामा प्रतिबन्धित कफ सिरप एवम् ट्याबलेट उद्धार गरेको छ। यस मामिलामा पुलिसले घर मालकिन सुषमा तामाङलाई पक्राउ गरेको छ। भक्तिनगर थानाले दिएको जानकारी अनुसार, थाना अन्तर्गत इलाकाको विकास नगरमा धेरै दिनदेखि अवैध गतिविधि चल्ने गरेको खबर पाएपछि इलाकाको एउटा घरमा अभियान चलाएर धेरै मात्रामा प्रतिबन्धित कफ सिरप एवम् ट्याबलेट उद्धार गर्नको साथै घर मालकिनलाई पनि पक्राउ गरेको बताइएको छ। पक्रा परेकी महिलालाई आज जलपाईगढी अदालतमा पेश गरियो।

About Author

Advertisement