खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिद्वारा आज खरसाङ बजारको केही भागहरुतिर निर्माण कार्य भईरहेको ठाउँहरु भ्रमण गरेको छ। विभिन्न कामदारहरु साथै घर मालिकहरुसँग पनि कामकाे गुणस्तर र हाजिरा विषयमा कुराकानी गरेका छन्। संगठनले यसरी गरिरहेका कार्यबारे घर मालिक पक्षले पनि प्रशंसा गरेको बताइएको छ। यसको साथै गुनासोहरू पनि रहेको थियो। यस क्रममा स्थानीय श्रमिकहरुले पनि कामकाे गुणस्तर बढाएर लाने हाम्रो मानिसहरूले जान्ने कामहरु हामीले यहाँका श्रमिकहरुलाई नै पहिलो माैका दिने गरेका छाैं भनी बताएका छन्। यसै गरी संगठनले आगामी दिनहरुमा पनि यस्ता धेरै कार्यक्रमहरु गर्ने भएका छन् साथै जीटीएको पञ्चायत साथै नगरपालिका क्षेत्रहरुमा भईरहेकाे विकास टकाे कार्यहरुमा स्थानीय श्रमिकहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने भनी संगठनले मांग गरेका छन्। संगठनको पक्षमा सभापति एल्जिन ब्राह्मणले भने, हामीमा पनि राज मिस्त्री, काठ मिस्त्री, पानी, रंग ,बत्ती साथै विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरु छन्। उनिहरुकाे पनि घर संसार चल्नुपर्छ। यस्ता कुरामा स्थानीय नेता ठेकेदारहरुले श्रमिकहरुलाई सहयाेग गरिदिने अनुरोध गर्दैछाैं। पहाडी क्षेत्रमा ४०% मानिसहरु राेजगार पहिलो माध्यम भनेको श्रमिक हाे। यस पेसामा पनि धेरै जसाे कामहरु प्रवासी श्रमिकहरुलाई नै दिने गरेका छन्। अब वर्षदेखि यही काम गरेर खानेले अब के गर्ने त भनेर गुनासो लछेप्रै छ। यसले अहिलेघरि संगठनले केही हदसम्म हामीलाई न्याय दिलाउनु सकिन्छ भनेर हामीसित धेरै यस्ता श्रमिकहरु जाेडिरहेका छन्। आजकाे कार्यक्रममा संगठन अध्यक्ष एलंजिन ब्राह्मण, उप सभापति अशाेक प्रधान, सह सचिव रञ्जन तामाङ र निमा तामाङ, काेषअधयक्ष प्रभाकर सार्की, सदस्य सबित सुनवार श्याम शंकर, भीम प्रधान, प्रवेश तामाङ, लक्ष्मण सुब्बा, प्रमोद थापा, राजु छेत्री, भुषन गुरुङ आदि उपस्थित रहेका थिए भनी सभापति एल्जिन ब्राह्मणले जानकारी गराएका छन्।











