गाडीधुरा विश्वकर्म समाजद्वारा दोस्रो वार्षिक अधिवेशन साथै सम्बर्ध्दना कार्यक्रम सम्पन्न

IMG-20230528-WA0320-5-300x172-4

खरसाङ: खरसाङ खण्ड अन्तर्गत गाडीधुरा विश्वकर्म समाजद्वारा दोस्रो वार्षिक अधिवेशन सम्पन्न गरिएको छ। समाजका सभापति नकुल विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा पंखाबारी अम्बटे लंगभ्यु समष्टिको सभासद कल्पना प्रधान थिए। त्यसरी नै विशिष्ट अतिथिहरूमा मनोनित सभासद प्रणाम रसाइली, सन्त मेरि तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन साथै उप प्रधान सन्तोष तामाङ, अतिथिहरू गाडीधुरा दमाइ समाजका प्रतिनिधि, दुधे विश्वकर्म समाजका प्रतिनिधि, लंगभ्यु ब़विश्वकर्म समाजका प्रतिनिधि, रोहिणी विश्वकर्मा समाजका प्रतिनिधि लगायत अन्यहरू उपस्थित रहेका थिए। अनुप रामुदामुद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य रोशन विश्वकर्मले राखेका थिए। कार्यक्रममा समाजका नानीहरूद्वारा नृत्य तथा गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा समाजका वरिष्ठ सदस्य कालु विश्वकर्म, माया लकान्द्री, चन्द्र लकान्द्री अनि रुपा विश्वकर्मा आदिलाई समाजका प्रतिनिधिहरूद्वारा सम्मान जनाइएको थियो। यसै गरी माध्यमिक परीक्षा २०२२, उच्च माध्यामिक परीक्षा-२०२२, सीबीएसई बाह्रौं श्रेणी २०२२ अनि आईएसई-२०२२ मा उत्कृष्ट अंक ल्याउने नानीहरू क्रमैले आसिया घतानी, अक्षता रसाइली,सार्थक विश्वकर्म अनि आशिष संकरलाई प्रेरणा स्वरूप स्मृति चिन्ह प्रदान गरियो।

यसै गरी फिल्म निर्माता तथा समाज सेवी अनुप गदाल, गायिका सुरक्षा सिञ्चुरी अनि गायक साइराज खातीलाई प्रमुख अतिथि, विशिष्ट अतिथि साथै समाजको सभापति तथा सचिवको बाहुलीबाट अंगवस्त्र साथै स्मृति चिन्ह प्रदान गरी सम्बर्द्धना जनाइएको छ। कार्यक्रमा सुरक्षा सिञ्चुरी अनि साइराज खातीले गीतहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा अनिल लकान्द्रीद्वारा धन्यवाद ज्ञापन गरिएको थियो भनी सुमेर धमालाले जानकारी दिएका छन्।

About Author

Advertisement