सिलगढी: श्यामा पूजा लगत्तै छठ पूजाको घाट सफा गर्ने काम शुरु भएको छ। छठ पूजा नजिकिँदै गर्दा घाटको सरसफाईमा प्रशासन सक्रिय भएको छ। एकातिर नगरपालिका वार्ड आधारित क्षेत्रमा सक्रिय छ भने सिलगढी नजिकैका पञ्चायत क्षेत्र पनि घाटको सरसफाईमा सक्रिय छन्। यस अन्तर्गत शनिबार सिलगढी नजिकैको फुलबारीको पोझार ग्राम पञ्चायतले घाटको सफाइ गरेको थियो। प्रशासनिक अधिकारीहरुले पोराझार सत्यशिवम घाटको सरसफाई र निरीक्षण गरेका छन्। यसै दिनदेखि यस घाटको मर्मत कार्य पनि शुरु भएको छ। एकातिर घाटको सरसफाइ भइहेको छ भने अर्कोतिर घाट सजाउने काम पनि शुरु भएको पोराझार सत्यशिवम घाट समितिका सदस्यहरुले बताए। यस दिन घाटको सरसफाईका लागि जेसीबी र धेरै सरसफाई कर्मचारी पनि खटाइएको थियो। यसका साथै पञ्चायत सदस्य शरत मण्डलले हरेक पटक झैँ यसपटक पनि यस घाटमा विभिन्न किसिमका पहल भइरहेको बताए। एकातिर सांस्कृतिक कार्यक्रम भइरहेका छन् भने अर्कोतिर जनताको सुरक्षालाई ध्यानमा राखी एम्बुलेन्स, चिकित्सा सुविधालगायतका पहल भइरहेको छ। यस घाटमा २३ वर्षदेखि छठ पूजा हुँदै आएको छ। त्यसैगरी यसपटक पनि छठ पूजा ठूलो मात्रामा गरिने भएको छ।









