पोखरीमा डुबेर खोटाङका दाहालको मृत्यु

IMG-20240715-WA0080

झापा: खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोरी रोशाभञ्याङका कृष्ण दाहालको पोखरीमा डुबेर मृत्यु भएको छ। लहान नगरपालिका–१ लोकतन्त्रचोकस्थित होटल हेभेनमा काम गर्दै आएका दाहालको १३ जुलाई दिउँसो पोखरीमा डुबेर गम्भीर घाइते भएपछि प्रादेसिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो। सामाजिक सञ्जालमा तस्बीर राखेपछि आफन्तले दाहालको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताएका छन्। तीन चार वर्षदेखि परिवारको सम्पर्क बाहिर रहेका दाहालले लाहानका विभिन्न होटलहरुमा काम खोजेर गुजारा चलाउँदै आएका थिए। तीन चार दिनअघि मात्रै होटल हेभेनमा काम सुरु गरेका दाहाल लहान नगरपालिका–३ स्थित ललकु माबि अगाडिको पोखरीमा नुहाउने क्रममा डुबेका थिए।

About Author

Advertisement