झापा: रवि लामिछानेले ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई पक्राउका लागि इन्टरपोलसँग निरन्तर संवादमा रहेको बताए। ‘दुईपटक त मेरो मलेसियाका गृहमन्त्रीसँग कुराकानी भयो। त्यहाँका गृहमन्त्रीसँग भएको छलफल जतिखेर पनि जानकारी गराउन तयार छु’, लामिछानेले भने। आफ्नो कार्यकालमा राईलाई पक्राउ गर्न नसके पनि प्रधानमन्त्रीको तहबाट प्रयास गर्ने कुराकानी हुँदै गर्दा सरकार परिवर्तन हुन लागेको उनको भनाइ छ।










