दार्जिलिङ: टिस्टादेखि दार्जिलिङतर्फ आईरहेको गाड़ीमा आगो लागेको छ। प्राप्त जानकारी अनुसार टिस्टाबाट दार्जिलिङ आईरहेको डब्ल्युबी ७४ एए ८३६६ नम्बरको गाडी पेशोक नजिक आगो लागेर गाड़ी जलेको छ। उकालोमा गाड़ी तात्तिएर आगो लागेको जानकारी प्राप्त भएको छ भने गाड़ीमा सावर भएका कोही पनि उक्त आगलागीमा घाइते नभएको तर गाड़ी भने पूर्ण रूपमा जेलर नष्ट बनेको छ। उक्त गाड़ी टिस्टाबाट मिरिकतर्फ गईरहेको र उक्त गाड़ीको मालिक मिरिकको फुवागडी निवासी सीबी तामाङ रहेको पुलिस सुत्रले जनाएका छन्।









