खरसाङ: खरसाङ महकुमा खेलकुद संघद्वारा पूर्व खरसाङ महकुमा अधिकारी एवं संघका पूर्व अध्यक्ष वृन्दवासी तेजा दिपक आइएएस लाई सिलगडी नगर निगमको कमिश्नर बनाएकोमा खुसी व्यक्त गरिएको छ। खरसाङ महकुमा कार्यालयका पूर्व महकुमा अधिकारी वृन्दवासी तेजा दिपक आइएएस, जो वर्तमान समयमा उत्तर दिनाजपुरका उप जिल्लापाल हुनुहुन्छ, उनलाई सिलगडी मुनिसिपल कर्पोरेशन को कमिश्नर को साथ् सिलगडी जलपाईगुडी Development Authority को CEO पदको जिम्मेवारी सुम्पेकोमा खरसाङ महकुमा खेलकुद संघद्वारा खुसी व्यक्त गर्दै उनलाई बधाई दिएका छन् l संघका सचिव निर्मल गुरुङले पत्रकारलाई बताउंदै उनले जब यो खबर पाए तब नै उप जिल्लापाल वृन्दवासी तेजा दिपक लाई बधाई दिएको बताउंदै, वृन्दवासी तेजा दिपक एक असल प्रसाशक रहेको अनि जब तिनी खरसांगको महकुमा शासकको रुपमा थिए तिनले सबैसित एउटा मृदु सम्बन्ध राखेको अनि उनि खरसाङ महकुमा खेलकुद संघका पूर्व अध्यक्ष रहेकोले आज सम्पूर्ण खरसांगवासी लगायत खरसाङ महकुमा खेलकुद संघका सम्पूर्ण सदश्यहरु खुसीको साथ् आज गर्व गरिरहेको सचिव गुरुंगले बताए l यसको साथै तिनले उप जिल्लापाल वृन्दवासी तेजा दिपक आइएएस सित हिज बात गरि वर्तामान समयमा चलिरहेको तीन स्तरीय फुटबल प्रतियोगिताको समापन भए पछी उनलाई भेट्न खरसाङ महकुमा खेलकुद संघको एउटा टोली तिनलाई भेट्न र बधाई दिन जाने भएको पनि जानकारी दिए l





