ट्राफिक सचेतनाको लागि सोनादामा सचेतना फ्लेक्स र जेब्रा क्रसिङ निर्माण

c6478bdb-c704-47d4-a053-c25489a9367f

सोनादा: सोनादा ट्राफिक गार्डद्वारा सोनादामा रोड सुरक्षा सचेतना फ्लेक्स लगाइएको छ। सोनादा ट्राफिक पुलिसका ओसी सबिन दर्नालको अगुवाईमा सोनादाको बतासिया खोलामा उक्त फ्लेक्स लगाइएको छ। उक्त बतासिया खोला क्षेत्रलाई दुर्घटना क्षेत्र मानिन्छ।‌त
त्यसैले यस क्षेत्रमा सुरक्षाको लागि रोड सुरक्षालाई लिएर महत्वपूर्ण सन्देश लेखिएको फ्लेक्स लगाइएको छ।उक्त फ्लेक्सको साथमा पर्यटकहरुका लागि मानचित्र पनि सोनादा ट्राफिक गार्डको तर्फबाट लगाइएको छ। यसले पर्यटकहरुलाई यस क्षेत्रमा भ्रमण गर्न गाइड गर्ने आशा व्यक्त गरिएको छ। यसको साथै रोडमा ट्राफिक पुलिसको तर्फबाट विद्यालय क्षेत्रमा दुर्घटना रोक्नलई जेबरा क्रसिङ पनि निर्माण गरिएको छ।

About Author

Advertisement