बीओपीटीद्वारा ‘नाट्स’ अभियान तीव्र
कोलकाता: पूर्वी भारतका शोषित-पीडित युवाहरूको श्रमलाई कर्पोरेट मुनाफाको भट्टीमा झोस्ने र उनीहरूलाई सस्तो श्रमशक्तिका रूपमा प्रयोग गर्ने साम्राज्यवादी नीतिहरूविरुद्ध बोर्ड अफ प्राक्टिकल ट्रेनिङ(बीओपीटी),
इस्टर्न रिजन’ ले एक रणनीतिक पहलको घोषणा गरेको छ। भारतीय शिक्षा मन्त्रालयअन्तर्गतको यस स्वायत्त निकायले आगामी ५ सेप्टेम्बर २०२६ मा मनाउन लागिएको ‘रिजनल अप्रेंटिससिप डे २०२६’ मार्फत साना तथा मझौला उद्योग (एमएसएमई) लाई संगठित गर्दै युवा वर्गलाई औद्योगिक उत्पादन प्रणालीमा प्रत्यक्ष जोड्ने नयाँ मोर्चाहरूको घोषणा गरेको छ। यस वर्षको कार्यक्रमको मूल नारा “नाट्स (राष्ट्रीय शिकाऊ प्रशिक्षण योजना) मार्फत एमएसएमईलाई सशक्त बनाउने: संरचनात्मक अप्रेंटिससिपद्वारा क्षेत्रीय विकासलाई गति दिने” राखिएको छ।
संस्थाका निर्देशक डाक्टर एस.एम. एजाज अहमद र प्रशासनिक अधिकृत कैलाश नाथ मिश्रले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै पूर्वी भारतका हजारौँ युवाहरूलाई बेरोजगारीको दलदलबाट निकालेर ‘नेसनल अप्रेंटिससिप ट्रेनिङ स्किम’ मार्फत संगठित उत्पादन प्रक्रियामा जोड्ने दृढ संकल्प व्यक्त गर्नुभयो।
साना उद्योग र श्रम शक्ति बीचको एकता: पूँजीवादी एकाधिकारविरुद्ध नयाँ प्रतिरोध
विगत लामो समयदेखि ठूला कर्पोरेट घरानाहरूको एकाधिकार, दलाल पूँजीवाद र नोकरशाही जटिलताका कारण साना तथा मझौला उद्योगहरू धराशायी हुँदै आएका छन्। यसै पृष्ठभूमिमा, निर्देशक डाक्टर अहमदले साना उद्योगहरूलाई केन्द्रमा राखेर नयाँ अप्रेंटिससिप ढाँचा तयार पारिएको बताउनुभयो। क्लस्टरमा आधारित अप्रेंटिससिप मोडल र सरलीकृत दर्ता प्रणालीमार्फत साना उद्योगहरूमा रहेको प्राविधिक तथा आर्थिक बाधा हटाई युवाहरूका लागि आत्मनिर्भर हुने ढोका खोलिनेछ।
अकादमिक क्रान्ति र डिजिटल प्रविधिको प्रयोग
पूँजीवादी बजारले सिर्जना गरेको परम्परागत र बुर्जुवा शिक्षा प्रणालीलाई चुनौती दिँदै अप्रेंटिससिप एम्बेडेड डिग्री/डिप्लोमा प्रोग्राम लागू गर्न लागिएको छ। ‘नेसनल हाइयर एजुकेसन क्वालिफिकेसन फ्रेमवर्क’ सँग समायोजन गरी विद्यार्थीहरूले कार्यस्थलमै श्रम गर्दै अकादमिक क्रेडिट हासिल गर्न सक्नेछन्।
यसका साथै, तालिम मोड्युलहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, अटोमेसन र डिजिटल कार्यप्रणालीसँग जोडेर आधुनिक प्रविधिमाथि मजदुर र युवा वर्गको पहुँच स्थापित गराइनेछ। यस कार्यक्रमको प्रसारण दूरदराजका इन्जिनियरिङ कलेज, पोलिटेक्निक संस्थान र औद्योगिक क्षेत्रहरूसम्म ६० हजारभन्दा बढी मानिसहरूमाझ पुऱ्याइनेछ। उल्लेख्य छ कि वित्तीय वर्ष २०२५-२६ मा मात्रै १ लाख ४५ हजारभन्दा बढी युवाहरूलाई तालिम दिइसकिएको छ भने १५ लाख युवाहरूलाई सशक्त बनाउने लक्ष्य राखिएको छ।
कर्पोरेट सञ्जाल, बुद्धिजीवी र मजदुर वर्गको साझा मञ्च
सेप्टेम्बर ५ को महाअधिवेशनमा बङ्गाल च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, एसोचैम, र कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री जस्ता उद्योग परिसंघका प्रतिनिधिहरू, विभिन्न केन्द्रीय विश्वविद्यालयका उपकुलपतिहरू, राज्य शिक्षा विभागका अधिकारीहरू र नीति निर्माताहरू एउटै मञ्चमा उभिनेछन्। सो अवसरमा कौशल विकास र श्रम क्षेत्रमा उत्कृष्ट योगदान पुऱ्याउने प्रशिक्षार्थी, शैक्षिक संस्था र साना उद्योगहरूलाई सम्मानित गरिनेछ।
पूर्वी भारतका श्रमजीवी युवाहरूलाई औद्योगिक क्षमतासँग जोड्दै उत्पादनका साधनहरूमाथि उनीहरूको दक्षता बढाउने यस अभियानलाई क्षेत्रको औद्योगिक क्रान्तिको दिशामा एक महत्त्वपूर्ण पाइलाका रूपमा हेरिएको छ।









