पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

IMG-20240722-WA0028

भद्रपुर: राष्ट्रीय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।
गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी डिएसपी सुवासचन्द्र बोहराले जानकारी दिए। बोहराका अनुसार उनको राति १ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो। प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ भने थप अनुसन्धान जारी छ।

About Author

Advertisement