पुलिस र आबकारी विभागको संयुक्त अभियानमा अवैद्य रक्सी उद्धार साथै पक्राउ

कालचिनी: लगातार पुलिस र आबकारी विभागको संयुक्त अभियानमा अवैद्य रक्सीको अड्डा फोर्ने साथै यससित संलिप्त कारोबारीलाई पक्राउ गर्ने क्रममा आज कालचिनी थाना अन्तर्गत निमती आउटपोस्टका पुलिसबलले मेन्दाबारी क्षेत्रमा रहेको अवैद्य चुलाई रक्सीको अड्डा फोर्ने काम गर्दै अवैद्य रक्सीहरु उद्धार गरेको पुलिस सुत्रले जनाएका छन।

आज यसै क्रममा कालकुट बस्ती क्षेत्रमा अभियान चलाएर पुलिसले चुलाई रक्सी र बियरहरु उद्धार गर्दै एकजना रक्सी बिक्रेतालाई पनि पक्राउ गरेको निमती आउटपोस्टका प्रभारी एसआई अमित शर्माले जनाएका छन। मङ्गलाबार अभियुक्तलाई अलिपुरद्वार जिल्ला अदालतमा पठाईने पुलिस सुत्रले जनाएका छन। यसै क्रममा आईताबार कालचिनी थाना अन्तर्गत पर्ने राधारानी र कालचिनी क्षेत्रबाट पुलिसले अवैद्य रक्सी उद्धार गर्नको साथै दुईजनालाई पक्राउ गरेको थियो भने आज दुवै अभियुक्तलाई अलिपुरद्वार जिल्ला अदालतमा पठाएको जनाएका छन।

About Author

Advertisement