पुतिनलाई युद्ध बन्द गर्ने महान फूटबलर पेले-को अपील

IMG-20220602-WA0116.jpg

२ जूनः महान फूटबल खेलाड़ी पेले-ले रुसका राष्ट्रपति भ्लादिमिर पुतिनसँग युक्रेनमाथि सैन्य कार्वाही बन्द गर्ने अपील गरेका छन्। क्यान्सरको उपचार गराइरहेका ८१ वर्षीय पेलेले रुसका राष्ट्रपति पुतिनको नाममा आफ्नो सन्देश त्यस दिन प्रकाशित गरेका छन्, जब विश्व कप क्वालीफाइंग म्याचमा युक्रेनले स्कटल्याण्डलाई ३-१-ले पराजित गऱ्यो। अब युक्रेनको सामना आइतवार वेल्ससँग हुनेछ। पेले-ले इन्स्टाग्राममा भनेका छन्, आज युक्रेनले कम्तीमा ९० मिनटको निम्ति देशको वर्तमान हालतलाई भुल्ने कोशिश गऱ्यो। विश्व कपमा स्थान बनाउनु सदा मुश्किल हुन्छ। लगभग असम्भव नै कारण हरेक दिन युक्रेनमा मानिसहरूले ज्यान गुमाइरहेका छन्। हमला बन्द होस्। यस हिंसालाई उचित ठहऱ्याउन सकिँदैन। पुतिनलाई सम्बोधित गर्दै उनले भने, यसअघि हामी भेट हुँदा हात मिलाएका थियौं अनि मुस्कुराएका थियौं। हामीबीच आज जस्तो यसरी मतभेद हुनेछ भनेर मैले कहिले सोचेको थिइनँ। यस लड़ाइँलाई रोक्नु तपाईंको हातमा छ। त्यही हातमा जसलाई मैले २०१७-मा मस्कोमा आफ्नो अन्तिम भेटघाटको समय आफ्नो हातमा मिलाएको थिएँ। संयुक्त राष्ट्र मानवाधिकार उच्चायुक्तको रिपोर्ट अनुसार, युक्रेनमा जारी युद्धमा ४००० भन्दा अधिक नागरिकको मृत्यु भएको छ भने ५००० भन्दा अधिक घाइते भएका छन्।

About Author

Advertisement