सिलगढी: कूडो अन्तर्राष्ट्रिय महासंघ भारतको आयोजनामा महाराष्ट्रको पुणेमा चौथो राष्ट्रिय कूडो च्याम्पियनसिप आयोजना हुने भएको छ। यस प्रतियोगितामा देशका विभिन्न राज्यका युवा खेलाडीहरूले सहभागिता जनाउनेछन्।
पश्चिम बंगालको २३ सदस्यीय टोलीमा दार्जिलिङ जिल्लाकी इशिका राय र सिन्झा भट्टाचार्यले राज्यको प्रतिनिधित्व गर्नेछन्। दुवै खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बंगालको नाम उजागर गर्ने लक्ष्यसहित तयारी गरेका छन्।
प्रतियोगिताअघि दुवै खेलाडीले कठोर प्रशिक्षण पूरा गरेका छन्। उनीहरूको अन्तिम तयारीको निरीक्षण प्रशिक्षक अंकुर बर्मनले गरेका थिए, जसले खेलाडीहरूको प्राविधिक क्षमतालाई अझ सुदृढ बनाउन जोड दिएका छन्।
प्रशिक्षकका अनुसार कूडो मार्शल आर्ट आत्मरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ र भविष्यमा यसबाट सरकारी लाभसहित विभिन्न अवसर प्राप्त हुन सक्छन्। उनले दुवै खेलाडीको प्रदर्शनप्रति विश्वास व्यक्त गरेका छन्।
यस प्रतियोगिताका विजेताहरूले आगामी १८औँ अन्तर्राष्ट्रिय कूडो च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।










