नयाँ दिल्ली: दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूले असाधारण प्रदर्शन गर्दै सिंंगापुर ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टमा महिला एकलको क्वार्टर फाइनलमा प्रवेश गरिन्। सिन्धूले बिहीवार खेलिएको म्याचमा जापानकी रिको गुञ्जीलाई ३७ मिनटमा २१-९, २१-१२-ले पराजित गरिन्। सिन्धूको निम्ति अघिल्लो राउण्ड चाहिँ सजिलो रहनेछैन कारण क्वार्टर फाइनलमा उनले कोरियाकी शीर्ष वरीयता प्राप्त आन सी यंगविरुद्ध खेल्नु पर्नेछ। सिन्धूले सजिलै जिते पनि पुरुष युगलमा सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको जोड़ीले चाहिँ जीतको निम्ति संघर्ष गर्नु पऱ्यो। चौथो वरीयता प्राप्त भारतीय जोड़ीले चाइनीज ताइपेका ली झी हुएई र यांग पो सुआनको जोड़ीलाई २१-१५, ११-२१, २१-१८-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनायो। सात्विक-चिरागको जोड़ीले अब क्वार्टर फाइनलमा मलेशियाका खाई जिंग कांग र आरोन ताईको जोड़ीको सामना गर्नेछ। ध्रुव कपिला र तनिषा क्रास्टोकी भारतीय मिश्रित युगल जोड़ी पनि क्वार्टर फाइनलमा पुग्न सफल भयो। भारतीय जोड़ीले जापानका युता वातानाबे र माया तागुचीकी जजोड़ीलाई ८-२१, २१-१७, २१-१६-ले पराजित गऱ्यो। मिश्रित युगलको क्वार्टर फाइनलमा भारतीय जोड़ीको सामना तेस्रो वरीयता प्राप्त चेन तांग जिए र तोह ईए वेईको मलेशियाई जोड़ीसँग हुनेछ।










