पीएसजी छोड़ेर नेमारले सऊदी अरबमा अल-हिलालबाट खेल्ने

IMG-20230816-WA0216.jpg

१६ अगस्तः ब्राजीलका स्टार फूटबलर नेमार जूनियरले फ्रान्सको क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-सँग सम्बन्ध तोड़ेका छन्। अब उनलाई सऊदी अरबको क्लब अल-हिलालबाट खेलिरहेको देखिनेछ। स्थानीय मीडिया रिपोर्ट अनुसार, नेमारले अल-हिलालसँग ९ करोड़ यूरो (९.८० करोड़ डलर)-मा अनुबन्ध गरेका छन्, जुन सऊदी प्रो लीगको इतिहासमा एउटा रेकर्ड हो। रेकर्ड १८ पल्टको राष्ट्रिय च्याम्पियन अल-हिलालले नेमारसँग दुई सालको अनुबन्ध गरेको छ, जसमा उनले वार्षिक दश करोड़ डलर वेतन पाउनेछन्। यो अल-नसरबाट खेल्ने पोर्तुगलका दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डोको वेतनको आधा हो। स्पेनको क्लब बार्सिलोना पनि नेमारलाई हासिल गर्न चाहन्थ्यो तर उनीहरूले ब्राजीलका खेलाड़ीलाई मोटो प्याकेज दिन सकेनन्। नेमारले फ्रेञ्च लीग च्याम्पियन टीममा ६ सीजन बिताए। ३१ वर्षीय नेमारले पीएसजी-को निम्ति १७३ वटा म्याच खेलेर ११८ गोल गरे। गत केही सालदेखि चाहिँ चोटले गर्दा उनी अधिकांश समय नै टीमबाट बाहिर रहेका थिए। पीएसजी-सँग नेमारले पाँचपल्ट लीग १ खिताब अनि तीनपल्ट फ्रेञ्च कप जिते पनि क्लबलाई च्याम्पियन्स लीगको खिताब दिलाउन सकेनन्।
पीएसजी-का दुईजना स्टार खेलाड़ी नेमार र कीलियन एम्बाप्पेबीच मतभेदको खबर लगातार प्रकाशमा आएको थियो। अहिले विवाद खुलेर अघि आएको छ। पीएसजी छोड़्नको साथै नेमारले इन्स्टाग्राममा एउटा पोस्ट लाइक गरेका छन्। त्यसमा लेखिएको छ, गत सीजनमा एम्बाप्पेले पीएसजी-लाई उनी र नेमार एउटै टीमबाट खेल्न नसक्ने बताएका थिए। संयोगले नेमारले अल-हिलालसँग अनुबन्ध गरेको खबर प्रकाशमा आउनको साथै एम्बाप्पे पनि ट्रेनिंगमा फर्किए। सूत्रबाट थाहालागे अनुसार, नेमार क्लबमा रहने कुरा सुनेर नै एम्बाप्पेले पीएसजी-सँग पहिला अनुबन्ध विस्तार गर्न अस्वीकार गरेका थिए। नेमार मात्र नभएर लियोनल मेस्सीसँग एम्बाप्पेको सम्पर्क राम्रो थिएन। मेस्सीले पछिबाट पीएसजी छोड़ेर अमेरिकामा इण्टर मियामीको तर्फबाट मेजर लीग सकर (एमएलएस) खेल्ने फसेला गरे। यसरी नेमार पनि अहिले सऊदी अरब जाने तय भएको छ।

About Author

Advertisement