सिलगढी: दार्जिलिङ जिल्लाको तर्फबाट २२ जना खेलाडीहरूले कोलकताको हावड़ास्थित अन्दुलमा आयोजित स्टेट लेवल पावरलिफ्टिङ च्याम्पियनशिपमा पावर लिफ्टिङमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो जिल्लाको नाम उच्च गरेको छ। गत २९ देखि ३१ जुलाईमा आयोजित यस प्रतियोगितामा दार्जिलिङका २२ जना खेलाड़ीमध्ये १० जनाले विभिन्न वर्गमा पदक हत्याउन सफल भएका छन्। पदक जित्ने खेलाडीहरूमा संघमित्रा राय, फुलमोती राय, शैबल तालुकदार, अनामिका राय, अनुपमा सरकार, मोनिका भद्रा, तानिया बसाक, दीपक चक्रवर्ती, पिंकू दे, शाहिद अली सामेल छन्।











