कोलकाता: शिक्षक नियुक्ति घोटालामा पूर्व उद्योग मन्त्री पार्थ च्याटर्जीसहित १६ जनाविरुद्ध अलिपुरको विशेष सीबीआई अदालतमा शुक्रबार आरोपपत्र दायर गरियो। शिक्षक नियुक्ति घोटाला प्रकरणमा परेको रिटको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश अभिजित गंगोपाध्यायले अनुसन्धान सीबीआईलाई दिएका थिए। यो मुद्दाको सुनुवाइका क्रममा न्यायाधीश गंगोपाध्यायले पार्थ च्याटर्जी र सल्लाहकार समितिका अध्यक्ष शान्तिप्रसाद सिन्हालगायत धेरैलाई सिधै सीबीआईको कार्यालयमा पठाउँदै तत्काल सोधपुछ शुरु गर्न सीबीआईलाई आदेश दिएका थिए। यहाँ स्मरण रहोस्, समूह ‘सी’ र ‘ड’मा शिक्षकबाट भएको नियुक्तिमा घोटाला भएको आरोप छ।










