पार्थेनियम पौधा उम्रे चाँडै नष्ट गर्ने अपील

photocollage_202261821563772.jpg

सिलगढी: सिलगढी सहरको विभिन्न ठाउँमा विषाक्त पौधा पार्थेनियम उम्रेको छ। घरको चारैतिर जताततै पार्थेनियम पौधा उम्रेकोले यसलाई चाँडै नष्ट गर्नुपर्ने आवश्यक रहेको उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डीन डा. सन्दीप सेनगुप्ताले बताएका छन्। तिनले अझ भने, उक्त रुखले गर्दा समाज सम्पूर्ण रूपमा दूषित भएको छ भने यसले हावामा अक्सिजनको मात्रा कम्ती गर्ने गर्दछ। यति मात्र नभएर यसले हरियाली रुखहरूलाई पनि प्रभावित पार्ने गर्दछ। पार्थेनियम पौधाले गर्दा नानीहरू बिरामी हुने गरेकोले गर्दा यसलाई चाँडै नै निर्मूल पार्ने तिनले अपील गरेका छन्।

About Author

Advertisement