पाकिम महकुमा अधिकारीले गरे हवाइ अड्डा परिसरको निरीक्षण

IMG-20230325-WA0328.jpg

गान्तोक: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको निर्देश बमोजिम पाकिमका महकुमा अधिकारी लगायत अन्य अधिकारीवर्गको टोलीले पाकिम हवाइ अड्डाको निरीक्षण गऱ्यो।विशेष गरेर केही दिन अघिदेखि निरन्तर परेको अविरल वर्षाका कारण विमानस्थलको पर्खालबाट बगेको पानीले स्थानीयहरूको घरमा क्षति पुऱ्याएको थाह पाएपछि त्यसको आकलन गर्न निरीक्षण गरिएको हो। हवाइ अड्डाको कारण थप क्षति हुन नदिन विमानस्थल प्राधिकरणलाई निरीक्षण टोलीले निर्देश दिएको छ।

टोलीले हवाइ अड्डा प्राधिकरणलाई पानी बग्ने नालाको सहीरूपमा व्यवस्थापन गर्नु पर्ने, सोही प्रकारले डिवाटरिङ पम्प स्थापना गर्नु पर्ने र पम्पमा केही खराबी देखापरेमा शीघ्र नयाँ पम्प लगाउनु पर्ने निर्देश दिएको छ।

About Author

Advertisement