नाम्ची: नाम्ची पुलिसले प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको व्यक्तिको नाम दावा शेर्पा रहेको छ।सो व्यक्ति उनी जोरथाङ निवासी रहेको बताइएको छ। पुलिस रिपोर्ट अनुसार, आरोपित व्यक्तिले नाम्बीको भञ्ज्याङ रोडस्थित स्थानीय एउटा होटलमा प्रतिबन्धित लागूऔषध बिक्री गरिरहेको सूचना प्राप्त भएको थियो। नाम्बी एसएचओको अगुवाईमा पुलिसकर्मीहरूको एक टोली घटनास्थल पुगेर २९ वर्षीय दावालाई पक्राउ गयो। आरोपित व्यक्तिलाई होटेलको एउटा कोठाबाट पक्राउ गरियो। पुलिसले उक्त व्यक्तिबाट नगद र फोनसहित १४.६ ग्राम खैरो रंगको पाउडर पनि जफत गरेको छ, जुन ब्राउन शुगर हुन सक्ने आशंका व्यक्त गरिएको छ। आरोपित व्यक्ति विरूद्ध एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।











