मिरिक: पहाडमा रहेको तीनवटा विधानसभा सिटहरुमा हामीले जित्नु मात्र होइन ठूलो मार्जिनले जित्नेछौँ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले बताएका छन्। उनले आज मिरिकमा आयोजित परिवर्तन यात्रा र चुनावी जनसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। उनले आफ्नोे सम्बोधनमा भने, मिरिकवासीको जोश अनि ऊर्जा देख्दा मिरिकवासीले अमर लामालाई अवश्य जिताउनेछन्। यसपालि पहाडमा साँच्चै नै विचारको परिवर्तन हुनेछ।’
अनित थापाले भने, सांसद राजु बिष्टले रुदेन सादा लेप्चालाई तँ भन्नु पहाडलाई तँ भन्नु हो। पहाडको जनतालाई बेइज्जत गर्नु हो। यसको जवाफ पहाडले यसपालिको चुनावमा पक्का दिनुपर्छ। हामी भत्काउने यात्रा होइन बनाउन यात्रामा छौँ।’
उनले अघि भने, एलबी राईले मिरिकमा २९०० घर निर्माण गरेका छन्। यी २९०० घरले एलबी राईको गुण फर्काउने नै छन् भन्ने आशा छ। पहाडमा हामीले राम्रो वातावरण बनाइदिएका छौं। योभन्दा राम्रो परिवेश बनाउने यसपालीको भोट हो। यसपाली हाम्रो विचारले जितेको हुनुपर्छ।’
थापाले अझ भने, ७२ वटा इन्स्टलमेन्टमा पीएफको रहल रुपियाँ श्रमिकको खातामा हाल्ने जुन निर्णय सुप्रिम कोर्टबाट निकालिएको छ त्यो निर्णयले श्रमिकलाई घात पुर्याएको छ। बन्दना बहिनीले ठूलो गल्ती गरेको छ।’
समस्या देखाउनेलाई होइन तर समाधान गर्नेलाई मिरिकवासीले भोट हाल्ने आह्वान गर्छु।’
आफ्नो सम्बोधनमा अनित थापाले भने, एसेम्बलीबाट समस्याको समाधान निकाल्न सक्ने उम्मेदवार अमर लामालाई हामीले दिएका छौं। पहाडमा इन्टरनेट बन्द हुनुपर्छ। पहाडका सबै नेताहरु हराउँछन्। नेताहरु रानु मण्डल जस्तो हराउँछ। चुनाव आयोस् नआयोस् हामी सदैव जनताको सेवामा मैदानमा छौँ। मोबाइलमा हैन। हामीले जित्नु मात्र होइन ठूलो मार्जिनले जित्नेछौँ।










