पश्चिम बंगाल विद्युत विभागका एक अधिकारीले अस्थायी कर्मचारीलाई गरे कुटपिट

IMG-20230607-WA0244.jpg

उत्तर दिनाजपुर: विभागका अधिकारीमाथि डब्ल्यूबीएसईडीसीएलका अस्थायी कर्मचारीको कुटपिट गरी टाउको फुटाइदिएको आरोप लागेको छ। विद्युत विभागको प्रशासनिक भवनमा कार्यरत अस्थायी कर्मचारी अनिमेष दत्तलाई बुधबार बिहान डिभिजनल एचआर बन्धु विश्वासले कुटपिट गरेको आरोप लागेको छ। विश्वास र अनिमेश दत्तबीच केही दिनदेखि कार्यालयमा हाजिरीलाई लिएर झगडा भएको अन्य कर्मचारीले बताए ।बन्धु विश्वासले आज अचानक निकै रिसाए अनि अनिमेष दत्तलाई कुटपिट गरे।यसरी कुटपिट गर्दा उनको टाउको फुटाइदिएको छ। अनिमेशलाई रक्ताम्मे अवस्थामा उद्धार गरी रायगञ्ज मेडिकलमा लगिएको थियो, त्यसपछि अनिमेश रायगञ्ज पुलिस थानामा लिखित उजुरी गर्न गएका थिए।तर बन्धु विश्वासले मिडियासामु स्पष्ट रुपमा केही भन्न चाहेनन्। उनले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्।

About Author

Advertisement