जलपाईगुडी: धुपगुडीको देवमाली क्षेत्रमा बिहान करिब ६ बजे कन्टेनर र ट्रेलर एक आपसमा ठोक्किए पछि एशियन हाइवे ४८ एक घण्टासम्म ठप्प भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ धुपगुरी थानाको पुलिस घटनास्थलमा पुगेको थियो। पुलिसले स्थानीय बासिन्दाको सहयोगमा दुवै सवारी साधनमा सवारलाई उद्धार गरे। उनलाई प्राथमिक उपचारका लागि धुपगुरी ग्रामीण अस्पताल लगिएको थियो। चोटपटक गम्भीर नभएकाले २ वटा गाडीका चालकलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ ।यस दुर्घटनापछि एशियन हाइवे ४८ एक घण्टा पूर्णरुपमा बन्द भएको थियो। सडकमा गाडीको लामो लाइन लागेपनि प्रहरी र ट्राफिक गार्डले तत्कालै दुबै सवारी साधनलाई सडकबाट हटाएका थिए। त्यसपछि एसियाली राजमार्गमा सवारी साधनको आवतजावत सामान्य भयो।










