पश्चिम बंगालमा विद्यालयहरूको गर्मीको बिदाबारे घोषणा

Student-1

कोलकाता: राज्यमा चर्को गर्मीको अवस्थालाई ध्यानमा राख्दै पश्चिम बंगाल सरकारले २२ अप्रेलदेखि सरकारी साथै सरकारी सहायता प्राप्त विद्यालयहरूमा गर्मी बिदा बिहीबार घोषणा गरेको छ। विद्यालय शिक्षा विभागले बिहीबार जारी गरेको सूचनामा यस अवधिमा विद्यार्थी बाहेक शिक्षक र गैरशिक्षक कर्मचारीलाई पनि बिदा हुने भनिएको छ, तर लोकसभा निर्वाचनलाई ध्यानमा राख्दै उक्त निर्देशन सम्बन्धित निर्वाचन अधिकारीहरू पनि लागू हुनेछन्। विद्यालय शिक्षा सचिवले प्राथमिक शिक्षा तथा माध्यमिक बोर्डका अध्यक्षहरूलाई जारी गरेको सूचनामा भनिएको छ, ‘अहिलेको अत्यधिक गर्मीको अवस्थालाई ध्यानमा राख्दै प्रशासनले आफ्नो प्रशासनिक क्षेत्रका विद्यालयमा निर्धारित समयभन्दा अगावै गर्मीको बिदा २२ अप्रेलदेखि गर्ने निर्णय भएको छ। पहाडी क्षेत्र दार्जीलिङ र कालेबुङ जिल्लाका विद्यालयहरू यसबाट अलग राखिएको छ, र त्यहाँ हालको शैक्षिक कार्यक्रम अर्को आदेश नभएसम्म जारी राख्नुपर्नेछ।‘ राज्यमा हाल लोकसभा चुनाव चलिरहेको छ र उत्तर बंगालका धेरै विद्यालयहरूलाई सुरक्षा बलको शिविर र मतदान केन्द्रहरूमा परिणत गरिएको छ, त्यसैले पहिलो गर्मी बिदा ६  मईदेखि निर्धारित गरिएको थियो। शिक्षा मन्त्री ब्रात्य बसुले भने, ‘निजी विद्यालयहरूलाई पनि  विद्यार्थीहरूको हितमा  ग्रीष्म कालको बिदा पहिला गर्नका लागि अनुरोध गरिरहेको छl’

About Author

Advertisement