राष्ट्रवासीलाई स्वतन्त्रता दिवसको शुभकामना
सिलगढी: भारतको ८०औँ स्वतन्त्रता दिवसको बिहानीपख, राज्यका पर्यटन मन्त्री डा. शंकर घोषले सिलगढीस्थित मैनाक टुरिस्ट लजमा रहेको पर्यटन विभागको कार्यालयमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्नुभयो।
झन्डात्तोलन समारोहपछि राष्ट्रिय गान गाएर स्वतन्त्रता दिवस मनाइयो। त्यसलगत्तै, मन्त्री डा. घोषले त्यहाँ उपस्थित विभागीय अधिकारी तथा बालबालिकाहरूलाई चकलेट बाँडेर उनीहरूसँग खुसी साटासाट गर्नुभयो।
यस अवसरमा मन्त्री डा. शंकर घोषले देशको स्वतन्त्रताका लागि आफ्नो सर्वस्व अर्पण गर्ने सम्पूर्ण वीर स्वतन्त्रता सेनानीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। राष्ट्र र जनताप्रति सम्मान व्यक्त गर्दै उहाँले सबैमा स्वतन्त्रता दिवसको शुभकामना दिनुभयो।









